१ चैत्र २०८१, शनिबार । March 16, 2025

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस



दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । चौधरी दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य चुनिएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्त्ति, जनमत, राष्ट्रिय जनमोर्चा र नेकपा एसले समर्थन गरेका छन् ।

चौधरीलाई जम्मा ५३ सांसदको समर्थन रहेको छ । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा