४ असार २०८३, बिहिबार । June 18, 2026

बारामा रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत


१३ बैशाख २०८०, बुधबार  

6
Shares

काठमाडौं । बारा–२ को उपनिर्वाचनमा उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलको जमानत जफत भएको छ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मध्ये तीन क्षेत्रमा भएको उपनिर्वाचनमा दुईवटा क्षेत्र जितेको रास्वपाले बारामा भने जमानत समेत जोगाउन नसकेको हो । बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार खरेलले २ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् ।

बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा