२१ माघ २०८१, सोमबार । February 3, 2025

बारामा रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत



काठमाडौं । बारा–२ को उपनिर्वाचनमा उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलको जमानत जफत भएको छ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मध्ये तीन क्षेत्रमा भएको उपनिर्वाचनमा दुईवटा क्षेत्र जितेको रास्वपाले बारामा भने जमानत समेत जोगाउन नसकेको हो । बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार खरेलले २ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् ।

बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव