१० बैशाख २०८३, बिहिबार । April 24, 2026

आइपीएलः मंगलबार राती भएको खेलमा गुजरात विजयी


१३ बैशाख २०८०, बुधबार  

3
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो । गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे ।

अभिनव मनोहरले २१ बलबल खेल्दै समान ३ चौका र छक्का प्रहार गरी ४२ रन जोडे । तेवाटियाले ५ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २० रन बनाए । अभिनव, मिलर र तेवाटिया चम्कँदा गुजरातले अन्तिम चार ओभरमा ७० रन जोडेको थियो । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।

मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए । बलिङमा गुजरातको अफगानी स्पीन जोडी रासिद खान र नुर अहमद चम्कपिएपछि गुजरातले मुम्बईलाई १५२ रनमै रोक्न सफल भयो ।

कप्तान हार्दिकले मुम्बईका कप्तान रोहित शर्मालाई दोस्रो ओभरमै कट एण्ड बोल्ड गरे । त्यसपछि मुम्बईले नियमित अन्तरमा विकेट गुमायो । रासिदले इशन किसन र तिलक बर्माको विकेट लिए । नुरले क्यामरुन ग्रीन र सूर्यकुमार यादव र हार्ड हिटर टिम डेविडलाई आउट गरे ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए । गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

मोहित शर्माले पनि २ विकेट लिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म