४ असार २०८३, बिहिबार । June 18, 2026

तनहुँ–१ अपडेट

जितको नजिक स्वर्णीम वाग्ले


११ बैशाख २०८०, सोमबार  

6
Shares

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

उनले हालसम्म २३ हजार ९ सय ६६ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका गोविन्द १३ हजार ८ सय १२ मत सहित पच्छाइरहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ । डा. वाग्लेले सुरुवाती चरणबाटै आफ्नो अग्रतालाई कायमै राखिरहेका छन् भने उनको जित पनि निश्चित जस्तै बनिसकेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ अर्थात ५३ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा