९ कार्तिक २०८३, सोमबार । October 26, 2026

तनहुँ–१ अपडेट

स्वार्णीमको अग्रता कायमै, गोविन्द दोस्रो


११ बैशाख २०८०, सोमबार  

3
Shares

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १३ हजार ७ सय ४९ मत सहित अग्रस्थानमा रहेका छन् ।

आइतबार राति बाटै सुरु भएको मतगणनामा उनले सुरुवाती चरणबाटै आफ्नो अग्रता कायम रखेका छन् भने पछिल्लो समय उनले आफ्नो अग्रतालाई दोब्बर बनाउँदै लगेका छन् । उनलाई पच्छाइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत सहित दोस्रो र र नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ अर्थात ५३ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा