३ चैत्र २०८१, सोमबार । March 17, 2025

उपनिर्वाचन

चितवन, तनहुँ र बारामा मतदान जारी



काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म हुनेछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो । चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । यसैगरी बारा–२ बाट विजयी रामसहाय यादव उपराष्ट्रपति नियुक्त भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो । यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धी छन् ।

यता तनहुँ–१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वन्तत्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी छन् । यी तीनै क्षेत्रमा अहिले शान्तिपूर्ण मतदान भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति