१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

आइतबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल समेत गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ ।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी र्दिए ।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले

टी-२० विश्वकपः आफ्नो दोस्रो खेलमा इटलीसँग भिड्दै नेपाल

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले