१० बैशाख २०८३, बिहिबार । April 24, 2026

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान


८ बैशाख २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए ।

रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग-२ मै ७३ विकेट लिइसकेका छन् । यस प्रतियोगितामा धेरै विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा छन् । ओमानका विलाल खानले ७६ विकेट लिएका छन् ।

१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएर सन्दीपले दर्शकसामु अभिवादन पनि गरे ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म