१ चैत्र २०८१, शनिबार । March 15, 2025

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायमा हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चाल्र्स तृतीयको राज्यभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएपछि उनको पहिलो भ्रमण बेलायतबाट सुरु हुने भएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको सचिवालयले भ्रमणको औपचारिक जानकारी गराएको हो । राष्ट्रपति पौडेल बैशाख २१ गते बेलायत जाने तयारी गरिएको छ । तर भ्रमणको मिति भने तय भएको छैन् । बेलायती राजाको राज्यभिषेक आगामी मे ६ तारिख अर्थात बैशाख २३ गे हुँदैछ् ।

बेलायती सञ्चारमाध्यमकाअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म