८ चैत्र २०८२, आइतबार । March 22, 2026

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै


२ बैशाख २०८०, शनिबार  

6
Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ ।

दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।

प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् ।

समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ । समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए । महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ ।

एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ । खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण सङ्घले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ ।

आरोहीको सम्मानमा र्‍याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने सङ्घले जनाएको छ । हिमालबारे जानकारसमेत रहेका शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न उपयोगी हुने बताए । नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् ।

हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् ।

उनि वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्किएका छन् । पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

एक तथ्याङक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहबद्र्धक हुने अनुमान गरिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोही आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो