१ चैत्र २०८१, शनिबार । March 15, 2025

आलोचनापछि फेरियो राष्ट्रपति पौडेलको तस्बिर



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर फेरेर सार्वजनिक गरिएको छ ।

राष्ट्रपतिको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको विषयमा सामाजिक सन्जालमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएपछि अहिले दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरिएको हो । चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको बेवसाइटमा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ । बुधबार राखिएको औपचारिक तस्बिरमा नेपालको झन्डा र सरकारको राष्ट्रिय चिह्न अर्थात् होलोग्राम देख्न सकिन्छ ।

राष्ट्रपतिको यसपटकको तस्बिर भने वास्तविक देखिएको छ । शपथग्रहणलगत्तै पहिलोपटक सार्वजनिक गरिएको औपचारिक तस्बिरमा कम्प्युटरबाट एडिट (सम्पादन) गरिएको थियो । त्यसमा राष्ट्रपतिका गालामा रहेका कोठी र अनुहारका धर्साहरु पनि हटाइएको थियो । सम्पादन गरिएको तस्बिर पौडेलको रुपरंगसँग वास्तविक देखिँदैनथ्यो ।

राष्ट्रप्रमुखको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलन भएकाले राष्ट्रपति पौडेलको आधिकारिक (औपचारिक) तस्बिर भन्दै राष्ट्रपति कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । अब राष्ट्रपति पौडेलको यही तस्बिर औपचारिक रुपमा सम्पूर्ण कार्यालयहरुमा राखिनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म