१ चैत्र २०८१, शनिबार । March 15, 2025

रविले फर्काएका सुरक्षाकर्मी गृहमा फर्किए



काठमाडौं । विभिन्न विवादमा परेपनि ३३ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले मन्त्रालयमा व्यापक सुधारको सुरुवात गरेका थिए ।

मन्त्री भएको भोलिपल्टैदेखि उनले सुधारका काम थालेका थिए । तर, उनी हटेसँगै मन्त्रालयमा विकृति बढ्न थालेको छ । लामिछानेले तेस्रो दिन नै सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियान थालेका थिए ।

त्यसअन्र्तगत मन्त्रालयमा कार्यरत सुरक्षाकर्मीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फर्काइएको थियो । गृहमा चालक हुँदा हुँदै पनि गृहका उच्च अधिकारीले सुरक्षाकर्मीलाई आफ्नो चालक राखेका थिए । अझ कतिपयले त चालकको पैसा आफैं बुझेर समेत सुरक्षाकर्मीलाई गाडी चलाउन लगाउँदै आएका थिए ।

लामिछाने हटेसँगै फेरि गृहमा पुरानै विकृतिले निरन्तरता पाउन थालेका छन् । सुरक्षाकर्मीको दुरुपयोग पनि फेरि सुरु भएको छ । गृहका कर्मचारीले चिया पकाउनेदेखि गाडी चलाउनसम्म सुरक्षाकर्मी राखेका छन् ।

सहसचिव तहका कर्मचारीले मात्र गाडी सुविधा पाउने व्यवस्था छ । तर, गृहका सबै जसो उपसचिवले गाडीको सुविधा लिदै आएका छन् । गाडी र इन्धन पाएपनि चालक पर्याप्त नहुने भएपछि उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी चालक झिकाएर आफ्नो गाडी चलाउन लगाउने गरेका हुन् ।

मन्त्रालयले नियमित फाइल नै रोकिदिने भएपनि सुरक्षा निकायको नेतृत्वले पनि यस्ता दबाब झेल्ने आँट गर्दैनन् । त्यस्तै, गृहमा सुराकी खर्च दुरुपयोग पनि बढेको छ । गृहमन्त्री र गृहसचिवले दैनिक सुराकी खर्च गर्न पाउने अधिकार छ ।

त्यसको दुरुपयोग गरी गृहसचिव विनोदप्रकाश सिंह लगायत कर्मचारीले त्यस्तो रकम आफैं बुझ्ने गरेको स्रोत बताउँछ । मन्त्री नभएकाले गृहसचिव सिंहले मन्त्रीकै शैलीमा मन्त्रालय चलाउने प्रयास गरेका छन् । उनले सुधारका काम भन्दा अधिकारको दुरुपयोगतर्फ केन्द्रीत भएको स्रोत बताउँछ ।

उनकै असक्षमताका कारण एक महिनाभन्दा लामो समयदेखि मन्त्रालयमा डेढ दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहिन छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र