८ चैत्र २०८२, आइतबार । March 22, 2026

मुद्रास्फीति नियन्त्रणका लागि ईसीबीले ब्याजदरमा थप संशोधन गर्दै


२९ फाल्गुन २०७९, सोमबार  

6
Shares

एजेन्सी । युरोपेली केन्द्रीय बैंकले आगामी बिहीबार फेरि ब्याज दर बढाउने निश्चित छ ।

विश्लेषकहरूको ध्यान आगामी महिनाहरूमा मुद्रास्फीति नियन्त्रण गर्न कति उच्च नीति निर्माताहरू जाने योजना बनाइरहेका छन् । ईसीबीको २६ सदस्यीय प्रशासनिक परिषद्ले फ्रयाङ्कफर्टमा हुने बैठकमा ब्याज दरमा थप आधा प्रतिशत बिन्दुले वृद्धि गर्ने सम्भावना रहेको अध्यक्ष क्रिस्टीन लेगार्डले गत साता बताएका थिए । ईसीबीका तीन मुख्य दरहरूलाई जुलाईपछि ३.५ प्रतिशत बिन्दुले बढाएको छ र ब्याजदर वृद्धिको पछिल्लो संशोधन लगातार छैटौं पटक हुनेछ ।

युक्रेनमा रूसको युद्धपछि ऊर्जा र खाद्यान्नको मूल्य बढेपछि ईसीबीले उपभोक्ताको मूल्यलाई कम गर्न ऐतिहासिक रूपमा तीव्र गतिमा दरहरू बढाएको छ । आईएनजी बैंकका अर्थशास्त्री कास्टेन ब्रेजेस्कीले बिहीबारको निर्णयले ईसीबीको भविष्यको कदमका बारेमा सङ्केतमा थप चासो राख्ने बताएका छन् । उनले उच्च ऋण लागतको आर्थिक पीडा कम गर्न दर वृद्धिलाई कम गर्न चाहने नीति निर्माताहरू र मुद्रास्फीति ईसीबीको दुई प्रतिशत लक्ष्यभन्दा माथि रहेकाले सही दिशामा रहन दबाब दिने ‘खेलाडी’ बीच ‘पेचिलो छलफल’ को भविष्यवाणी गरेका छन् ।

ड्यूच बैंकका अर्थशास्त्रीहरूले एक पूर्वावलोकनबारे लेखिएको टिप्पणीमा भनेका छन्, ‘मार्चको वृद्धि मे र त्यसपछिका लागि सङ्केत गरिएको वृद्धिभन्दा कम महत्वपूर्ण हुनेछ ।’ संयुक्त राज्य अमेरिकामा फेडरल रिजर्भले ईसीबीको तुलनामा पहिले र अधिक आक्रामक रूपमा दरहरू बढाउन सुरु गरेको थियो । अमेरिकी केन्द्रीय बैंकले चाँडै यसको कडाई रोक्न सक्नेछ भन्ने आशाहरू क्षीण भइरहेका छन् ।

फेडका प्रमुख जेरोम पावेलले आर्थिक आँकडा अपेक्षा गरिएभन्दा बलियो भएपछि हालै भनेका थिए, ‘ब्याजदरको अन्तिम स्तर पहिले अनुमान गरिएभन्दा बढी हुने सम्भावना छ ।’ सुरुमा अनुमान गरिएजस्तो कमजोर वृद्धि रेकर्ड गर्नुको साटा संशोधित तथ्याङ्कले देखाएअनुसार सन् २०२२ को चौथो त्रैमासिकमा अर्थतन्त्र स्थिर रह्यो । युरो क्षेत्रमा यो तस्वीर अझ डरलाग्दो छ । फेब्रुअरीमा ८.५ प्रतिशत पुगेको हालैका महिनाहरूमा ऊर्जाको मूल्यमा आएको गिरावटले मुद्रास्फीतिलाई कम गर्न मद्दत गरेको छ जुन जनवरीमा ८.६ प्रतिशतबाट तल झरेको हो ।

तर अस्थिर ऊर्जा र खाद्य लागत बाहेक, कोर मुद्रास्फीति ५.६ प्रतिशतको नयाँ र उच्च रेकर्डमा पुगेको छ, जसले थप ब्याज दर वृद्धिको तर्कलाई बल दिन्छ । हालसालै लेगार्डले २० सदस्य राष्ट्र भएको युरो क्षेत्रमा मूल्य स्थिरता कायम गर्न ‘जे पनि गर्न’ प्रतिवद्धता जनाउनुभएको छ । युरो जोनको अर्थतन्त्र युक्रेन युद्धको परिणामसँग ‘लचिलो’ साबित भएको उहाँले गत हप्ता बताउनुभएको थियो । यूरोपमा बेरोजगारी कम छ ।

यद्यपि, बैंकले ज्याला वृद्धिका बिषयमा गहिरो मूल्याङ्कन गरिराखेको छ किनकि उच्च उपभोक्ता मूल्यहरूले मुद्रास्फीतिको दबाब थप्दै युरोपमा तलबको लागि ईन्धनको मूल्यवृद्धिको माग बढाउँछ ।

नयाँ पूर्वानुमान

‘हामीलाई शङ्का छ, ईसीबी थप दर वृद्धिका लागि तयार हुनुपर्छ,’ डच बैंकका अर्थशास्त्रीले भने ।

धेरै विश्लेषकहरूले ईसीबीको बैंक निक्षेप दर, हाल २.५ प्रतिशतमा रहेको र यो आगामी दिनमा ३.५ देखि ४.० प्रतिशतमा पुग्ने र केही समयको लागि स्थिर रहने अपेक्षा गरेका छन् । ईसीबीले आफ्नो निर्णयलाई मार्गदर्शन गर्न मद्दत गर्न बिहीबार नयाँ आर्थिक पूर्वानुमान साथ तयार हुनेछ । गत डिसेम्बरमा ईसीबीले सन् २०२४ मा मुद्रास्फीति ३.४ प्रतिशत र सन् २०२५ मा २.३ प्रतिशतमा झर्ने अनुमान गरेको थियो ।

प्राकृतिक ग्याँसको मूल्यमा हालैको गिरावटलाई ध्यानमा राख्दै, पर्यवेक्षकहरूले अब ती आँकडाहरूमा गिरावट आउने संशोधित भविष्यवाणी गरेका छन् । ईसीबीले सन् २०२३ मा मन्दीको अपेक्षा गरेको छैन र आर्थिक वृद्धिको पूर्वानुमानमा कुनै पनि माथिको संशोधनले नीति निर्माताहरूलाई थप मौद्रिक कडाइ गर्न सजिलो बनाउनेछ । ईसीबीले बिहीबार पनि आफ्नो विशाल ऋणपत्रको खुलापनको बारेमा अद्यावधिक गर्दै मुद्रास्फीति विरुद्धको लडाईमा अर्को प्रमुख उपाय अवलम्बन गर्नेछ ।

बैंकले गत मार्चमा आफ्नो वासलात (पूँजी तथा दायित्व) लाई ‘गुणात्मकरूपमा कडाई (क्यूटी)’ गर्ने प्रक्रियालाई मासिक औसतमा १५ अर्ब युरो (करिब १६ अर्ब अमेरिकी डलर) ले खुम्च्याउने प्रयास गरेको थियो । क्यापिटल इकोनोमिस्टका विश्लेषक ज्याक एलेन रेनोल्ड्सले भने, ‘बजारको अवस्था अनुकूल रहँदासम्म बैंकले जुलाईमा क्यूटीलाई गति दिनेछ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो