४ चैत्र २०८१, मंगलबार । March 18, 2025

शिक्षा ऐन जारी गर्न गृहकार्य भइरहेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय शिक्षा ऐन जारी गर्न गृहकार्य भइरहेको बताएका हुन् । ‘वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु,’ उनले भने ।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको उनको भनाई थियो । उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए । शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान, प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु

आजदेखि पोखरा–छेङदु पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा

अछामको बाटुलासेन केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अछाम केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

मध्यराती आरआर क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी, निर्वाचन अन्योलमा

काठमाडौं । स्ववियु निर्वाचनको दिन सत्तारुढ एमाले निटक विद्यार्थी संगठन