१४ फाल्गुन २०८२, बिहिबार । February 27, 2026

कोशी प्रदेशमा बन्दको प्रभाव न्यून



विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले कोशी प्रदेशमा आज बन्दको आह्वान गरेको छ ।

‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै संघर्ष समितिले बन्दको आह्वान गरेको हो । आम हड्तालको न्यून प्रभाव परेको छ । प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था खुलेका छन् ।

विराटनगरबाट छुट्ने लामो दूरीका सवारीसाधन चलेका छैनन् भने छोटो दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) ले जनाएका छ । कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघरसंस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो । यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेपछि विभिन्न जातीय संघ/संस्थाले सो नामप्रति असहमति जनाइरहेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष