७ चैत्र २०८२, शनिबार । March 22, 2026

फिल्म फ्लप भएपछि अनमोलले माफी माग्दै भनेः आज म शुन्यमा छु


२६ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ ।

गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन । खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए ।

जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो । यहीबीचमा अभिनेता अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भए पनि त्यसमा चुकेको स्वीकारेका छन् ।

‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ ।

म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

अनमोल अगाडि लेख्छन्ः ‘जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रही रहनेछ, मेरो कोशिस निरन्तर जारी रहन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो