११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान


२६ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए ।

व्यवस्थापक मानन्धरले भने, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।” बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् ।

तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्