२२ माघ २०८२, बुधबार । February 5, 2026

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंकले बढेको छ । बिहीवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

बैंकर्स संघले बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन् । बिहीवार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बिहीवार नेप्से परिसूचक उच्च अंकले बढेसँगै शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत, शिवश्री हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । आज शिवम सिमेन्ट्स कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल