२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

तराईमा आज होली मनाइँदै



काठमाडौं । तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ ।

बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ । एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ ।

काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन् । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ ।

होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको