८ कार्तिक २०८३, आइतबार । October 26, 2026

जनयुद्धलाई अपराधिकरण गर्ने प्रयास भइरहेको छः अध्यक्ष भट्टराई


२१ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू माओवादीमा आइसकेको जानकारी गराउँदै अरुलाई पनि एक ठाउँमा आउन आग्रह गरेका हुन् । उनले भने, ‘हामी फेरि एक ठाउँमा आउनुपर्छ मैले त आफ्नो मन बनाइसकेको छु, आफ्ना साथीहरूलाई भनिसकेको छु । हामी चाहिँ एकैचोटी पार्टी एकता मात्रै भनेर गल मिलाउनुभन्दा पनि वहस गरौँ पहिला एक ठाउँ जम्मा हौँ, समीक्षा गरौँ, कहाँ–कहाँ क–कस्तो गल्ती भयो समीक्षा गरौँ, एउटै पार्टी बनाऔँ, समय लाग्छ भने पहिला एउटा मोर्चा बनाऔँ त्यो पनि सकेनौँ भने कार्यगत एकता गरौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले माओवादीका मुद्दामाथि आक्रमण भइरहेको भन्दै एक ठाउँमा आउनुपर्ने बताए । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले भने अहिले माओवादीका मुद्दामा आक्रमण भइसकेको छ ।

जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भएको छ । बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निउँ खोजेको होइन रु तीन वर्ष अगाडिको भनाइको एउटा समान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको होइन रु जिस्केको होइन, त्यो । हो यस्तो कुरामा हामी सहकार्य गरौँ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा