५ आश्विन २०८३, सोमबार । September 22, 2026

माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसको प्रस्ताव


१२ फाल्गुन २०७९, शुक्रबार  

72
Shares

काठमाडौं । पुरानो ५ दलीय गठबन्धन ब्यूताउँन दलहरु सहमति नजिक पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पुरानै गठबन्धन ब्यूताउन सहमति नजिक पुगेका हुन् । उनीहरुले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने निर्णय गरेका छन् । आज बिहान बसेको बैठकमा चार दलबीच साझा समझदारी बनेको र आ–आफ्ना पार्टीभित्र छलफल गरेर साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

उनका अनुसार राष्ट्रपति उम्मेदवारको रुपमा कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट प्रस्ताव आएको थियो । त्यस्तै बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको हो ।

तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा