१२ श्रावण २०८३, मंगलबार । July 29, 2026

बाजुराको विकासमा मिसन बनाएर काम गर्नुपर्नेमा मन्त्री शाहीको जोड


१२ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

बाजुरा । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा सुदुरपश्चि प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सम्पुर्ण कर्मचारीहरूले बाजुराको विकास समृद्धि र शुसासनको मिसन बनाएर काम गर्नु पर्ने बताएका छन् ।

विहिवार जिल्ला प्रशासन कार्यालय मार्तडिमा कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले बाजुरामा आउने हरेक योजनाहरू कर्मचारी र उपभोक्ताहरूको मिलोमतोमा वितरण हुने र कमिसनमा गाउँगाउँमा योजना दिएको गुनासो जताततै बाट आएको भन्दै आगामि दिनहरूमा यस्ता खाले कामहरू कोही कसैले नगर्न निर्देशन दिए ।

राष्ट्र सेवकले कमिसन भन्दा पनि मिशनमा काम गर्नु पर्ने उनको भनाइ छ । विहिवार प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का को अध्यक्षता बसेको बैठमा प्रमुख अतिथि समेत रहेका सूदुरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री नरेश कुमार शाहीले कर्मचारी र जनप्रतिनिधिहरूले बाजुराको विकास र शुसासनकायम गर्न तर्फ लाग्नुपर्ने समेत बताए ।

साथै मन्त्री शाहीले प्रदेश र संघबाट आएका योजनाहरू चरम दुरूपयोग भएको गुनासो आएकोले आगामि दिनहरूमा यस्तो हुननदिने समेत बताए । कृषि,पशु,घरेलु लगाएत कार्यालयका कर्मचारीले एकै फर्मलाई पटक पटक अनुदान दिने गरेको समेत गुनासो आएको हुदा अब उत्पादन मुखी अनुदान दिने तर्फ लाग्न समेत जोड दिए ।

यता कार्यलय प्रमुखहरूले भने संघ र प्रदेशको नितिनियममा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन । साथै बैठकमा अधिकाँस कार्यालय प्रमुखहरूले मन्त्री शाहीलाई विभिन्न माग राखेका छन । जस्तै कर्मचारीको अभाव भएकोहुदा काम गर्न असहज भएको भन्दै प्रदेश लोकसेवा आयोगले कर्मचारीको पदपुर्ति गरिदिनुपर्ने, ईलाका प्रहरी तथा विभिन्न युनिटमा सुरक्षा कर्मिहरूलाई यातायातका साधान गाडी तथा वाईक सम्म प्रदेशले ब्यबस्थापन गरिदिनुपर्ने ।

जिल्ला खेलकुद विकास समिटिको भबन तथा खेलमैदान अभाव, जिल्ला समन्वयको कार्यालय जिर्ण भएको, स्याउ प्रसोधन केन्द्र अनिबार्य स्थापना गर्नु पर्ने, ओखर,स्याउ,किवी,आलु खेति लाई मध्यनज गरि बजेट बनाउनु पर्ने र भेडा तथा बाख्रापलन तर्फ आबश्यक बजेट ब्यबस्थापन गर्नु पर्ने, साफेमार्तडी सडक खण्डको बैकल्पिक मार्ग निर्माण गर्नुपर्ने लगाएत माग राखेका थिए ।

उसोत मन्त्री शाहीले कार्यालय प्रमुखले राखेका मागहरू सम्बोधन गर्ने बताएका छन् । बैठकमा जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुख तथा निमित्त कार्यालय प्रमुखहरूको उल्लेख्य उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर