३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

यस्तो रहनेछ मंगलबारको मौसम



काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। मंगलबार दिउँसो प्रदेश एकका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राति प्रदेश एक, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुको साथै प्रदेश एकको पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको

कति छ शुक्रबारका लागि विदेशी मुद्राको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) अमेरिकी डलर