३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

प्रधानमन्त्रीसँग विष्णु र रविको छुट्टाछुट्टै भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहानै बालुवाटार पुगेका छन् ।

सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए । राष्ट्रपति निर्वाचनको मिति तय भएसँगै कांग्रेसले पाँच दलीय गठबन्धन ब्युँताउने कसरत गरिरहको छ ।

एमालेसहितको सरकार गठन भएपछि प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति आफुले पाउनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघि आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापालगायत बलुवाटार पुगेका थिए ।

त्यसलगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिए । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन । माओवादीको पदाधिकारी बैठक आज बस्दै छ ।

अपरान्ह ४ बजे बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं