५ चैत्र २०८२, बिहिबार । March 19, 2026

नेपालको नयाँ राष्ट्रपतिमा भारतीय प्रोफेसरको चासो


८ फाल्गुन २०७९, सोमबार  

9
Shares

काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा चासो राखेका छन् ।

उनले सोमबार ट्वीट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई बल पुग्नेगरी नेपालको नयाँ राष्ट्रपति उम्मेदवारका विषयमा आफ्नो राय प्रस्तुत गरेका हुन् । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माग जायज भएको उल्लेख गर्दै चार जना गैरराजनीतिक व्यक्तिको नामसमेत लिएका छन् । राष्ट्रपति निर्वाचनका लागि दलहरूबीच उम्मेदवार छनोट गर्न सकस परिरहेका बेला एसडी मुनीले राष्ट्रपतिका लागि अनुराधा कोइराला, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे र प्राध्यापक बरालको नाम लिएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सर्वसम्मतिबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । तर, नेकपा एमालेले यसमा विरोध गर्दै आएको छ ।

पुस १० को सहमतिअनुसार उसले एमालेको उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान राख्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम १३ गते मात्रै सार्वजनिक गर्ने बताएका छन् । तर, स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा ईश्वर पोखरेलको पक्षमा लबिङ गर्दै आएको छ ।

फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने फागुन २८ गते सकिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा