३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

ज्ञानेन्द्रलाई ओलीको प्रश्न–किन सहकार्य गर्ने ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पुगेर पुवराजा ज्ञानेन्द्र शाहलाई प्रश्न गरेका छन् ।

ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवशको पूर्वसन्ध्यामा जारी गरेको वक्तव्यलाई लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘कोसँग, किन सहकार्य ? ज्ञानेन्द्रजी अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त ।’ आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै ओलीले पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेका गरेका हुन् । अध्यक्ष ओलीले पूर्वराजा शाह दुई चार जना वरपर देखेमा जोस्सिएर विज्ञप्ति दिने गरेको समेत टिप्प्णी गरे ।

‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइराख्छ’ ओलीले भने, ‘त्यो झल्काले, दुईचारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ । यतिमात्र हो ।’ पूर्वराजा शाहले ७३औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्यका लागि बिलम्ब गर्न नहुने बताएका थिए । उनले भनेका थिए, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’ पूर्वराजाको शाहको सो वक्तव्यले नेपाली राजनीतिक दलमा तरंग ल्याएको छ ।

यसैबेला एमाले अध्यक्ष ओलीले मुलुकको अवस्था बिग्रिएको भनेर पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति प्रतिप्रश्न गरेका गरेका हुन् । ओलीले भने, ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरु देशहरूको तुलनामा कहाँ पुर्‍याउनुभएको थियो देश ? १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला । १५ वर्ष न हो, २५० वर्ष त खाएको छैन होला नि त जनताले !’ पूर्वराजा शाहलाई एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले दिएको साथलाई लिएर कारबाही हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबै कुरा समयसँगै हुँदै जान्छ । कारबाहीको किन चिन्ता भयो ?’

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं