७ आश्विन २०८३, बुधबार । September 23, 2026

ज्ञानेन्द्रलाई ओलीको प्रश्न–किन सहकार्य गर्ने ?


७ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पुगेर पुवराजा ज्ञानेन्द्र शाहलाई प्रश्न गरेका छन् ।

ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवशको पूर्वसन्ध्यामा जारी गरेको वक्तव्यलाई लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘कोसँग, किन सहकार्य ? ज्ञानेन्द्रजी अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त ।’ आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै ओलीले पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेका गरेका हुन् । अध्यक्ष ओलीले पूर्वराजा शाह दुई चार जना वरपर देखेमा जोस्सिएर विज्ञप्ति दिने गरेको समेत टिप्प्णी गरे ।

‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइराख्छ’ ओलीले भने, ‘त्यो झल्काले, दुईचारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ । यतिमात्र हो ।’ पूर्वराजा शाहले ७३औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्यका लागि बिलम्ब गर्न नहुने बताएका थिए । उनले भनेका थिए, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’ पूर्वराजाको शाहको सो वक्तव्यले नेपाली राजनीतिक दलमा तरंग ल्याएको छ ।

यसैबेला एमाले अध्यक्ष ओलीले मुलुकको अवस्था बिग्रिएको भनेर पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति प्रतिप्रश्न गरेका गरेका हुन् । ओलीले भने, ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरु देशहरूको तुलनामा कहाँ पुर्‍याउनुभएको थियो देश ? १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला । १५ वर्ष न हो, २५० वर्ष त खाएको छैन होला नि त जनताले !’ पूर्वराजा शाहलाई एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले दिएको साथलाई लिएर कारबाही हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबै कुरा समयसँगै हुँदै जान्छ । कारबाहीको किन चिन्ता भयो ?’

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा