७ आश्विन २०८३, बुधबार । September 23, 2026

सिडिओहरूलाई गृहको निर्देशनः कर्मचारीमाथि निगरानी बढाउनू


७ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका कर्मचारीमाथि निगरानी बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कर्मचारीबाट हुने ढिलासुस्ती, आर्थिक अनियमितता, अल्छि प्रवृतीविरुद्ध निगरानी बढाउन निर्देशन दिएको हो । सचिवस्तरिय निर्णय गरेर दिएको निर्देशनमा गृह मन्त्रालयले कर्मचारीहरू समयमा कार्यालय उपस्थित नहुने, हाजिर भएर कार्यालय बाहिरको काममा हिँड्ने, अनावश्यक सभा, गोष्ठिमा सहभागी हुने प्रवृती बढेको भन्दै सचेत गराएको हो । यस्तै, कर्मचारीहरूबाट सेवाग्रोहीलाई अनावश्यक दुःख दिने, आर्थिक अनियमिततामा संलग्न हुने प्रवृती मौलाएको पनि उल्लेख छ ।

त्यस्ता खराब अवस्थाको अन्त्यका लागि उनीहरुमाथि मसिनो निगरानी बढाउन पत्राचार गरेको हो । मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुसारको निर्देशन भन्दै जारी गरेको सर्कुलरमा कर्मचारीलाई कार्यालय समयको पालना गराउन भनेको छ। यस्तै कर्मचारीहरूलाई कार्यालय बाहेकको अनावश्यक सभा, गोष्ठि तथा सम्मेलनमा सहभागी हुनबाट रोक लगाउन पनि भनिएको छ ।

त्यस्ता गोष्ठि, सभा सम्मेलनमा सहभागी हुनै परेमा एक जनामात्रै कर्मचारी सहभागी हुन र त्यस कार्यक्रमको प्रतिवेदन लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा