३ आश्विन २०८३, शनिबार । September 19, 2026

दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी


६ फाल्गुन २०७९, शनिबार  

6
Shares

झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ ।

एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो ।

दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारसलाई सहभागी गराएर झापामा एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले आफ्नो मनोमानी तरिकाले पार्टी हितविपरित कार्य गरेको एमाले नेताहरूले बताएका छन् । प्रदेश कमिटीको सिफारिस अनुसार प्रसाइँदलाई कारबाही प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्रानुसार प्रसाइँलाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ