२८ बैशाख २०८२, आइतबार । May 11, 2025

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि हुने



काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो ।

राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो । हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता शेयर बराबर हिमालयन बैंकको ८० कित्ता शेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए । एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित