२३ माघ २०८१, बुधबार । February 5, 2025

भारतीय सेनाका ५ पूर्वप्रमुख काठमाडौं आइपुगे



काठमाडौं । भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आइपुगेका छन् ।

नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन उनीहरु काठमाडौं आएका हुन् ।भारतीय सेनाका पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा हिजो नै काठमाडौं आइपुगेका हुन् भने मनोज मुकुन्द नरवाणे आज बिहान आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई निम्तो दिइएपनि पाँच जनामात्रै नेपाल आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ । छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ । वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट