११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

भारतीय सेनाका ५ पूर्वप्रमुख काठमाडौं आइपुगे


५ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आइपुगेका छन् ।

नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन उनीहरु काठमाडौं आएका हुन् ।भारतीय सेनाका पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा हिजो नै काठमाडौं आइपुगेका हुन् भने मनोज मुकुन्द नरवाणे आज बिहान आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई निम्तो दिइएपनि पाँच जनामात्रै नेपाल आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ । छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ । वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्