१ चैत्र २०८१, शनिबार । March 15, 2025

नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्रीगर्ने लक्ष्य छः मन्त्री खान



काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्री नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रूपमा खानेपानी पुर्‍याएर अन्तर्राष्ट्रिय बजारमासमेत बिक्रीवितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताए । सिंहदरबारमा खानेपानी पुर्‍याउने र कल सेन्टरको काम पुरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्क लगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताए ।

उनले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताए । मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रित हुँदै गएको र पानी माफिया तन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने बताए । उनले काठमाडौंको सुन्दरी जलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न सकिने बताए । मन्त्री खानले खानेपानी सम्बन्धी सम्पूर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं