५ आश्विन २०८३, सोमबार । September 21, 2026

नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्रीगर्ने लक्ष्य छः मन्त्री खान


४ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्री नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रूपमा खानेपानी पुर्‍याएर अन्तर्राष्ट्रिय बजारमासमेत बिक्रीवितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताए । सिंहदरबारमा खानेपानी पुर्‍याउने र कल सेन्टरको काम पुरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्क लगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताए ।

उनले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताए । मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रित हुँदै गएको र पानी माफिया तन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने बताए । उनले काठमाडौंको सुन्दरी जलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न सकिने बताए । मन्त्री खानले खानेपानी सम्बन्धी सम्पूर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा