१९ माघ २०८१, शनिबार । February 1, 2025

लोत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ



काठमाडौं । बालाजुस्थित लोत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले १२ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगन्ज पठाइएको एसएसपी मनोज केसीले बताए ।

गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले बालाजु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको आन्दोलनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । हालसम्म यातायात मजदुरको प्रदर्शन भड्किएपछिको तोडफोड, आगजनी र लुटपाटमा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस