४ असार २०८३, बिहिबार । June 18, 2026

लोत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ


४ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । बालाजुस्थित लोत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले १२ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगन्ज पठाइएको एसएसपी मनोज केसीले बताए ।

गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले बालाजु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको आन्दोलनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । हालसम्म यातायात मजदुरको प्रदर्शन भड्किएपछिको तोडफोड, आगजनी र लुटपाटमा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा