१ चैत्र २०८१, शनिबार । March 15, 2025

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता



काठमाडौं । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।

अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँको सांसद पद पनि खारेज भएको थियो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उनले जानकारी दिए । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं