२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

सुरक्षा अभिनीत चलचित्र ‘बहाव’ चैत २४ मा आउने



काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत नेपाली चलचित्र ‘बहाव’को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छ। अभिनेत्री पन्त र अभिनेता नेपालको मुख्य भूमिका रहेको फिल्म आगामी चैत २४ मा प्रदर्शनमा आउने भएको छ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको चलचित्रको पोस्टरमा अभिनेत्री पन्तले सुगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् ।

हातमा रहेको पिँजडाभित्रको सुगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ। फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेका निर्माण पक्षले जनाएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा बनेको यो चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेको बताईएको छ ।

निर्देशक कँडेलले यो चलचित्रको बिषय नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । चलचित्रमा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै

जानकी नवमी धूमधामका साथ मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो

धरान । धनकुटाको एक भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या

घट्यो अमेरिकी डलरको मूल्य, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

चट्याङ्गसहित वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडी