११ असार २०८३, बिहिबार । June 25, 2026

यातायात मजदुरको आन्दोलन फिर्ता 


२ फाल्गुन २०७९, मंगलबार  

9
Shares

काठमाडौं । तीन वटा यातायात मजदूर संगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्द आन्दोलन फिर्ता भएको छ ।

नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले फागुन २ गते वार्ता गरेको थियो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए ।

फागुन १ गते बालाजु बसपार्कमा भएको झडपपछि नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, अखिल नेपाल यातायात मजदूर सङ्घ र नेपाल यातायात मजदूर सङ्घले यातायात बन्द गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरिरहेका मजदूरमाथि आक्रमण भएको र प्रहरीले मजदूरलाई पक्राउ गरेको भन्दै उनीहरूले यातायात बन्द गरेका थिए।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर