१९ माघ २०८१, शनिबार । February 1, 2025

आज दिनभर गाडी मिलेन भने निःशुल्क ट्याक्सी चढ्नुस्



काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याएको छ ।

आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन् । यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भए पनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिदाँ सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए । निःशुल्क सेवा प्रयोग गर्न NEPALRIDE प्रोमो कोड प्रयोग गर्नुपर्ने केसीले जानकारी दिए ।

ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस