२२ चैत्र २०८१, शनिबार । April 5, 2025

प्रणय दिवस

के तपाईले कहिले “आइ लभ यू” आमा भन्नु भएको छ ?



जति जनाले पनि यो लेख पढ्दै हुनुहुन्छ, एउटा सानो क्षणलाई स्मरण गर्ने प्रयास गरौँ है त ।

तपाईले कहिले आफ्नी आमालाई “आई लभ यू” भन्नु भएको छ ? एकछिन मज्जाले सोच्नुस त । अहँ ! सम्झन सक्नु भएन नि हैन ? सायद हामी मध्ये धेरैले आमालाई “आई लभ यू” भनेकै छैनौं । त्यसैले सम्झन सकेनौं । मैले पनि कैले भनेकै छैन । यो भ्यालेन्टाइन्स सप्ताहा चलिरहँदा मात्र मलाई यो कुराको महसुस भयको हो ।

आज सम्म आमाका लागी कैंयौं कथा, कविता, लेख सृजना भइसकेका छन । आमाको माया र त्यागको भार पूर्ति कुनै पनि साहित्यिक रचनाले गर्न सक्दैनन् होला । तर पनि आमाका लागी कृतिहरु रचिन्छन् । मलाई लाग्छ कही कतै ती रचनाले आमालाई अझ माया गर्न, अझ सम्मान गर्न झक्झक्याउँछन् ।

मनदेखि हामी सबैले आमालाई माया गर्छौँ । आमाको दुःख महसुस गर्छौँ । आमालाई खुसी दिन चाहान्छौँ । हाम्रो व्यवहारमा आमाको लागि माया प्रष्ट झल्किन्छ तर बोलीले हामीले आमा म तपाँइलाई माया गर्छु भन्दैनौँ अथवा भन्नै सक्दैनौँ । किनकी हाम्रो समाजमा यस्तो वातावरण विरलै भेटिन्छ ।

जति सजीलै हामी साथीलाई, प्रेमी र प्रेमिकालाई, श्रीमान र श्रीमतीलाई आफूले मुटु नै फुट्ने गरी माया गर्छु भनेर भन्न सक्छौं त्यतिनै मुस्किल हुन्छ त्यो भन्दा कैंयौं गुणा बढी माया गर्ने आमालाई भन्न । प्रेमी प्रेमिका लाई गिफ्ट्याउन हामी विभिन्न बहाना खोजी रहेका हुन्छौ । बर्थ डे, एनिभर्सरी, भ्यालेन्टाइन्स डे जस्ता अवसर गिफ्ट दिन, सरप्राइज दिन उत्तम ठान्छौ हामी ।

अझ फेसबुकमा राम्रो फोटो र लामो क्याप्सन नपोस्ट्याए त ती अवसर पूर्ण नै मानिँदैनन् भन्दा पनि फरक नपर्ला । त्यसो त माता तिर्थ औंसीमा आमाको फोटो राखेर लामो क्याप्सन सहित सामाजिक सञ्जालमा आमालाई शुभकामना पनि दिन्छौं । तर के सबै आमाहरु फेसबुकबाटै धन्यवाद भन्ने दक्षता राख्नु हुन्छ होला त ? कैयौं आमाहरु सामाजिक सञ्जालमा दिइएका ती हराफौँ शुभकामनाहरु पढ्न नै जान्नु हुन्न वा पढ्न जान्ने भएतापनि उहाँलाई सामाजिक सञ्जालको ज्ञान छैन् । अनी ती आमालाई हामीले भन्छौँ ? मैले तपाइका लागि सामाजिक सञ्जालमा केहि शब्द लेखेको छु भनेर ? पक्कै भन्दैनौँ ।

१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन प्रेमील जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, चक्लेट र विभिन्न किसिमका उपहार दिन्छन् र प्रेम दिवसलाई सेलिब्रेसन गर्ने गर्छन् । प्रेमिल जोडिले उत्सबका रुपमा यो दिवसलाई मनाउँने गर्दछन् । हाम्रो जीवनको पहिलो प्रेम भनेको आमा हो ।

आमा शब्द आफैमा पूर्ण शब्द हो जसलाई कुनै परिभाषा को जरूरत पर्दैन । आमा लाई परिभाषित गर्न खोज्नु मूर्खता हुन सक्छ । किनकी यो शब्द होइन, भावना हो । यो भ्यालेन्टाइन्स डे आमा सँग सेलिब्रेट गर्ने प्रयास गर्ने कि ? आमा लाई खुसि बनाउन धेरै महँगो र ठूलो उपहार दिनु पर्छ भन्ने छैन । आमा म तपाँइलाई धेरै माया गर्छु मात्र भने पनी आमालाई ठूलो खुसी मिल्छ् ।

सुन्दा सामान्य लाग्न सक्छ , तर यसलाई हामीले कमै अभ्यासमा ल्याएका छौँ । हामी सबैले भन्छौ नि आमा नै मेरो सर्वेसर्वा हो भनेर । आमा प्रतिको आफ्नो भावना लाई आमा कै अघि भन्नु जरुरी छ जस्तो लाग्छ मलाई । यसरी आफ्नो भावना आमाको अघि पस्कदा, आमा सँग भयका बेदनाका कुन्ठाहरु पनी बाहिर आउँछन् की ? आमा सँग पनि हामिले भन्न हिच्किचाएका जस्तै सयौ भावना पो छन् कि ? प्रयास गरौँ । असम्भव छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण,

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन