११ असार २०८३, बिहिबार । June 25, 2026

सडकबाट जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्छौँः धर्मेन्द्र बास्तोला


१ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुल्ला रूपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताए । नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनको भनाई छ । उनले मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलेको बताएका छन् ।

बास्तोलाले अब नेपालको कम्युनिस्ट आन्दोलनमा टुटफुटको श्रृखलालाई अन्त्य गर्दै कम्युनिस्ट ध्रुवीकरणको वातावरण बन्दै गएको बताए । अहिले प्रचण्ड, बाबुराम लगायतका नेताहरूमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरे पनि अहिले पनि माओवाद जीवित रहेको उनले बताए । कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टी भित्र मुलुक रूपान्तरणको नयाँ बिचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुराउने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ५ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर