१२ असार २०८३, शुक्रबार । June 26, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता


२९ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले आइतबार निवेदन दर्ता गराएका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था बमोजिम पार्टी दर्ता कायम हुन न्यूनतम २१ जना केन्द्रीय सदस्य हुनु पर्ने व्यवस्था रहेकोमा निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको निवेदनमा उल्लेख छ । यस्तो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था रहेकाले दल दर्ता खारेज हुनुपर्ने निवेदनमा दाबी गरिएको छ ।

यस्तै, पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर