२३ माघ २०८१, बुधबार । February 5, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले आइतबार निवेदन दर्ता गराएका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था बमोजिम पार्टी दर्ता कायम हुन न्यूनतम २१ जना केन्द्रीय सदस्य हुनु पर्ने व्यवस्था रहेकोमा निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको निवेदनमा उल्लेख छ । यस्तो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था रहेकाले दल दर्ता खारेज हुनुपर्ने निवेदनमा दाबी गरिएको छ ।

यस्तै, पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ