९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन

घुस मागेको सार्वजनिक अडियोबारे छानबिन गर्न अख्तियारलाई आग्रह



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो सार्वजनिक भएपछि ठाकुरलाई निलम्बन गरिएको हो । ठकुरलाई निलम्बन गरेसंगै उनिमाथि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयले अनुरोध समेत गरेको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर