२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रियल फिफा क्लब विश्वकपको फाइनलमा


२६ माघ २०७९, बिहिबार  

6
Shares

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।

खेलको ६५ औं मिनेटमा अलि मालोउलले गोल गर्दै अल अहलीलाई २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

अब रियलले उपाधिका लागि शनिबार साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। अल हिलाल ब्राजिलको फ्लामियालाई पराजित गर्दै फाइनलमा पुगेको हो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ