१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टर्की भुकम्प अपडेट

मृत्यु हुनेको संख्या ८ हजार ७ सय, ३५ हजार बढी घाइते


२५ माघ २०७९, बुधबार  

0
Shares

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय पुगेको छ ।

त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका छन् भने सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् । साथै १ हजार २ सय २० भन्दा बढी भवनमा क्षति पुगेको छ । यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ ।

यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।

भुकम्पमा परि ज्यान गुमाउने र घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । जसकारण मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यद्यपी टर्कीमा लगातार हिउँ परिरहेको र खराब मौसमका कारण उद्धार कार्यमा निकै चुनौति देखिएको छ । उद्धार कार्यका नाटकिय फुटेजहरु बाहिर आइरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली