७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिदैँ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने संकेत गरेको छ । जसकारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।

तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न सकेको छैन् । मंगलबार नागरिक उन्मुक्ति पार्टीका यहाँका ७ प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद धरापमा परेको हो ।

अर्थात बुधबारसम्मा पनि उनलाई मनाउन नसकेको खण्डमा रावलले विश्वासको मत पाउँदैनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदुपश्चिम प्रदेश सभामा बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य विश्वास आवश्यक पर्छ । यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ ।

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धुर्मुसलाई अर्को झट्का ! ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश

काठमाडौं । फगुन १४ गते महाशिवरात्रिका दिनदेखि देशभर प्रदर्शनको तयारीमा

नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिन र कारबाहीको मागसहित खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही

एकाएक किन स्थगित भयो नेपालमा एमसीसी परियोजना ?

काठमाडौं । नेपालमा निकै विवादीत बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)

२६ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालको सार्वजनिक ऋण

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक