८ कार्तिक २०८३, आइतबार । October 26, 2026

सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने


२४ माघ २०७९, मंगलबार  

9
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने भएको छ ।

तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने सङ्केत गरेको छ । मंगलबार नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् ।

सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए। ‘पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला’ रेशम चौधरीले आफ्ना सांसदलाई भने । ११ बजे देखी भएको छलफल करिब ५ बजे सम्म चलेको थियो ।

उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए जवाफमा रेशम चौधरीले माग र मुद्दा भन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।

बुधबार बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत मत दिने संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेको लागि सारिएको छ । मंगलबार डिल्लीबजार कारागारको बैठकले बुधबार मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ ।

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गते सम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा