२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

देउवालाई प्रतिपक्षी दलको नेता नबनाउन माग सहित सर्वोच्चमा रिट दर्ता



काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरिरहेका बेला यस बिषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दावीसहित परेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले पेश गरेको रिट अदालत प्रशासनले संसदीय काम कारवाहीको विषय न्यायिक परीक्षण हुन नसक्ने भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्वीकार) गरेको थियो । दरपीठ आदेश विरुद्ध परेको निवेदनमा बिहीबार सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्नु भनी आदेश दिएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएकाले उसको संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको मान्यता दिन नहुने दावीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको