५ चैत्र २०८२, बिहिबार । March 19, 2026

प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल


२४ माघ २०७९, मंगलबार  

9
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि प्रचण्ड–ओली कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको विषय अघि सारेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा