११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

बोर्डमा बसेर वित्तीय रुपमा कुनै गल्ती गरेको छैनः अध्यक्ष हमाल


२३ माघ २०७९, सोमबार  

9
Shares

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् । उनले आफूले धितोपत्र बोर्डमा सुधारकालागि तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताए ।

कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको उनले बताए । उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको दाबी गरे । बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको उनको जिकिर थियो । उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे ।

उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताए । बोर्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको उनको भनाई थियो । उनले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने स्पस्ट पारे । उहाँले लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताए ।

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताए । बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको उनले बताए । उनले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेकोपनि बताए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म